Like us!
Follow us!
Connect us!
Watch us!

अर्थतन्त्रलाई उकास्न निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

अर्थ संसार

आइतबार, २४ पुस २०७९, ११ : ३० मा प्रकाशित

अर्थतन्त्रलाई उकास्न निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्छ : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकको अर्थतन्त्रलाई बलियो बनाउन निजी क्षेत्र पनि जिम्मेवार हुनुपर्ने बताएका छन् । राजश्व संकलन लगायत अर्थतन्त्रको आन्तरिक पाटो अहिले पनि जोखिमको अवस्थामा रहेको भन्दै अध्यक्ष मल्लले अर्थतन्त्र उकास्ने जिम्मेवारी निजी क्षेत्रको पनि भएको बताए । तिलोत्तमा चेम्बर अफ कमर्सको नवौं साधारण सभाको उद्घाटन गर्दै अध्यक्ष मल्लले भने, ‘उत्पादन वृद्धि गरेर निर्यात प्रर्वद्धन, औद्योगिक लगानी मार्फत रोजगारी सिर्जना गर्नका लागि सरकार र निजी क्षेत्र हातेमालो गरेर अघि बढ्न जरुरी छ ।’

पछिल्लो समय राजश्व संकलन लक्ष्या अनुसार हुन नसकेको अध्यक्ष मल्लले बताए । लक्ष्य अनुसार राजश्व संकलन नहुँदा चालु खर्च धान्न पनि सरकारलाई मुस्किल परिरहेको मल्लको भनाई छ । 

भन्सार राजश्व प्रभावकारी नहुँदा पनि राजश्व लक्ष्य अनुसार उठ्न नसकेको अध्यक्ष मल्लले बताए । भारतसँगको सीमालाई व्यवस्थित गरेर अवैध कारोबारलाई नियन्त्रण गर्नुपर्ने अध्यक्ष मल्लले बताए ।  नेपाल भारत खुला सीमाको फाईदा उठाएर अवैध कारोबार भईरहेको भन्दै अध्यक्ष मल्लले सीमा व्यवस्थापन हुने बित्तिकै कम्तिमा ४० प्रतिशत राजश्व वृद्धि हुने बताए । 

आयातलाई व्यवस्थित गरेर निर्यात प्रर्वद्धन गर्नका लागि सरकारसँग हातेमालो गर्न चेम्बर अफ कमर्स तयार रहेको समेत अध्यक्ष मल्लले बताए । सरकारले करको दायरा फराकिलो पारेर राजश्व प्रणालीलाई चुस्त बनाउनुपर्नेमा उनले जोड दिए । 

कर राजश्व प्रशासनलाई प्रभावकारी बनाउन केन्द्रदेखि स्थानीय तहसम्मै सहकार्य गर्न जरुरी रहेको अध्यक्ष मल्लले बताए । अनुशासित व्यवसाय, पारदर्शी कर प्रणाली सम्वन्धमा निजी क्षेत्र सदैव प्रतिवद्ध रहेको अध्यक्ष मल्लको भनाई छ । आत्मनिर्भर अर्थतन्त्रको निर्माणका लागि सरकारसँग हातेमालो गर्न आफुहरु तयार रहेको अध्यक्ष मल्लले बताए । खुद्रा पसलदेखि होलसेलसम्मै बिल बिजकको व्यवस्थालाई अनिवार्य रुपमा कार्यान्व्यनमा ल्याउनुपर्नेमा अध्यक्ष मल्लले जोड दिए । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको