Like us!
Follow us!
Connect us!
Watch us!

इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

अर्थ संसार

आइतबार, २४ पुस २०७९, १४ : ४७ मा प्रकाशित

इसेवा मार्फत अन्तर्राष्ट्रिय गन्तव्यका टिकट काट्नेको संख्या बढ्दो, अझै नयाँ सुविधा थपिँदै

नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवाबाट अन्तराष्ट्रिय गन्तव्यको टिकट काट्नेको संख्या बढ्दै गएको छ । पछिल्ला दिनमा नेपाली तथा विदेशीहरू इसेवामा सेवा सहज र सरल हुँदै गएका कारण विदेश भ्रमणमा रहँदा सबैभन्दा पहिले इसेवाको मोबाईल एप्स् मार्फत टिकट काट्न थालेका हुन् । इसेवाले अन्तराष्ट्रिय गन्तव्यका लागि थप सुविधाहरू प्रदान गर्दै गइरहेको छ । 

इसेवाले नेपालको आन्तरिक उडानको क्षेत्रमा लामो समयदेखि टिकट बिक्री गर्दै आएकोमा अन्तर्राष्ट्रिय उडानहरुको समेत टिकट बिक्री गर्दा यसप्रति आकर्षण बढ्दै गएको हो । इसेवाको सेवा मार्फत वैदेशिक यात्रामा जाने हरेक नेपालीले इसेवामार्फत् कुनै पनि देशका गन्तव्यका हवाइ टिकट सहजै काट्न सकिनेछ । इसेवा टुर्स एण्ड ट्राभल्सले आफ्नो सुरूवातदेखि नै अहिलेसम्म ६० हजार भन्दा धेरै यात्रुलाई अन्तर्राष्ट्रिय गन्तव्यको सुविधा दिइसकेको छ । इसेवामा विश्वका जुनसुकै देशका तथा नेपाल आउने टिकट काट्न मिल्ने सुविधा रहेको छ । 

देशभर एक लाख ६५ हजार भन्दा बढी एजेन्ट (इसेवा जोन तथा पोइन्ट) रहेको इसेवाबाट प्रत्यक्ष, अप्रत्यक्ष रुपमा करिब डेढ करोड जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, रिचार्ज, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क भुक्तानी गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको