Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पुनः गोल्यान निर्वाचित

अर्थ संसार

आइतबार, २४ पुस २०७९, २० : ५२ मा प्रकाशित

बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा पुनः गोल्यान निर्वाचित

एनएमबी बैंकका संचालक समितिका अध्यक्ष पवन गोल्यान बैंक तथा वित्तिय संस्थाका साहुहरुको संगठन बैंक तथा वित्तिय संस्था परिसंघको अध्यक्षमा निर्विरोध निर्वाचित भएका छन् ।

साधारणसभाले गोल्यानलाई दोश्रो कार्यकाल पुनः अध्यक्ष निर्वाचित गरेको हो । आइतबार सम्पन्न तेश्रो बार्षिक साधारण सभाले परिसंघको बरिष्ठ उपाध्यक्षमा भोज बहादुर शाह, उपाध्यक्षमा राजेश उपाध्याय, महासचिवमा राजन सिंह भण्डारी, कोषाध्यक्षमा तुल्सिराम अग्रवाल, सचिवमा कुश प्रसाद मल्ली र सह कोषाध्यक्षमा प्रचण्ड बहादुर श्रेष्ठ निर्वाचित भएका छन् ।

कार्य समिति सदस्यहरुमा उपेन्द्र पौडेल, लिला प्रकाश सिटौला, उपेन्द्र केशरी न्यौपाने, मोतिलाल दुगड, राधेश पन्त, महेन्द्र कुमार गोयल, भरतराज ढकाल र हिरेन्द्रमान प्रधान निर्विरोध निर्वाचित भएका हुन् ।

63badea1bec55.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको