Like us!
Follow us!
Connect us!
Watch us!

बैंकमा ६० प्रतिशतभन्दा बढी मुद्दती निक्षेप

पत्रपत्रिका

आइतबार, ०१ माघ २०७९, ०७ : २८ मा प्रकाशित

बैंकमा ६० प्रतिशतभन्दा बढी मुद्दती निक्षेप

बैंक, वित्तीय संस्थाको निक्षेपमा मुद्दतीको अंश ६० प्रतिशत नाघेको छ । गत आर्थिक वर्ष (आव) देखि वित्तीय प्रणालीमा देखिएको तरलता दबाबका कारण बैंकहरूले सर्वसाधारणलाई बढी ब्याज दिएर निक्षेप आकर्षित गर्न मुद्दती योजनामा जोड दिएसँगै यसको अंश बढेको हो ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार चालू आवको मङ्सिरसम्ममा बैंक, वित्तीय संस्थाले ५२ खर्ब ४७ अर्ब ५९ करोड रुपैयाँ निक्षेप संकलन गरेका छन् । त्यसमध्ये ६० दशमलव ३ प्रतिशत मुद्दती निक्षेप छ । एक वर्षअघिसम्म बैंकहरूमा रहेको कुल निक्षेपमध्ये ५४ दशमलव ३ प्रतिशत मुद्दती थियो ।

निक्षेप बढाउनुपर्ने दबाबमा रहेका बैंकहरूले पछिल्लो समय उच्च ब्याजदरसहित मुद्दती निक्षेप योजना सार्वजनिक गरेका थिए । बैंकहरूले निक्षेप आकर्षित गर्न शुरू निक्षेपको १० गुणासम्म दिने गरी २१ वर्ष अवधिसम्मका योजना सञ्चालन गरेका छन् । यस्तै मुद्दती निक्षेपकर्तालाई ब्याजका अतिरिक्त बीमा, लकर, क्रेडिट कार्ड, सुलभ कर्जालगायत सुविधासमेत दिइरहेका छन् । यस्तै रेमिट्यान्समार्फत प्राप्त भएको रकमलाई मुद्दती निक्षेपमा राख्दा सर्वसाधारणलाई भन्दा १ प्रतिशत विन्दुले थप ब्याज दिइरहेका छन् ।

बैंक, वित्तीय संस्थाको प्राथमिकताकै कारण त्यस्ता संस्थामा साधारण बचत घटेर मुद्दती निक्षेपको अंश बढ्दै गएको हो । गत आवको अन्त्यसम्ममा बैंकहरूमा कुल निक्षेपको ५५ दशमलव ८ प्रतिशत मात्र मुद्दती थियो । २०७८ असारमा मुद्दती निक्षेपको अंश ४७ प्रतिशत  मात्र थियो । आर्थिक अभियान दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको