Like us!
Follow us!
Connect us!
Watch us!

रोजगारी सिर्जना गर्न सामूहिक लगानी : चेम्बर अध्यक्ष मल्ल

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, ११ : १० मा प्रकाशित

रोजगारी सिर्जना गर्न सामूहिक लगानी : चेम्बर अध्यक्ष मल्ल

नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्लले मुलुकमा प्रमुख चुनौतीका रुपमा रहेको बेरोजगारीको अवस्थालाई अन्त्य गर्न सामुहिक पहल गर्नुपर्ने बताएका छन् । पोखरा चेम्बर अफ कमर्स कास्कीको चौथो साधारण सभालाई सम्बाेधन गर्दै अध्यक्ष मल्लले सामुहिक लगानी मार्फत उद्यमशिलता वृद्धि र रोजगारी सिर्जना गर्नुपर्ने बताएका हुन् । 

अध्यक्ष मल्लले भने,‘आर्थिक विकास र समृद्धिका लागि बेरोजगारी समस्या प्रमुख चुनौतीका रुपमा खडा भएको छ । प्रत्येक वर्ष ५ लाख युवा श्रम बजारमा प्रवेश गर्छन तर रोजगारीको अवसर नपाउँदा विदेशिन बाध्य भईरहेका छन् ।’ उद्योग तथा साना व्यवसायमा सामुहिक लगानी माफर्त नयाँ नयाँ रोजगारी सिर्जना गर्नका लागि निजी क्षेत्र र सरकारबीच हातेमालो गर्न आवश्यक रहेको अध्यक्ष मल्लले बताए । 

कृषि, पर्यटन, एवं साना उद्योगमा रोजगारी सिर्जना गर्ने सकिने अध्यक्ष मल्लको भनाई छ । विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीलाई अतिरिक्त समयमा रोजगारी सिर्जना गराउने गरि योजना बनाउन अध्यक्ष मल्लले सरकारको ध्यानाकर्षण गराए । 

विद्यार्थीले विश्वविद्यालयमा पठन पाठनसंगै कृषि, सूचना प्रविधि एवं औद्योगिक क्षेत्रमा अतिरिक्त समयमा काम गर्न सक्ने वातावरण बनाईदिने हो भने यसले मुलुकको आर्थिक विकासमा महत्वपुर्ण टेवा पुग्ने अध्यक्ष मल्ले जोड दिए । 

सामूहिक लगानीमार्फत आर्थिक समृद्धि र रोजगारी सिजर्ना गर्न सकिने अध्यक्ष मल्लको तर्क छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको