Like us!
Follow us!
Connect us!
Watch us!

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको सेयर कारोबार आजबाट रोक्का

अर्थ संसार

मंगलबार, ०३ जेठ २०७९, ०९ : १८ मा प्रकाशित

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको सेयर कारोबार आजबाट रोक्का

प्राइम लाइफ, गुराँस लाइफ र युनियन लाइफको सेयर कारोबार रोक्का हुने भएको छ।  बिहिबार यी कम्पनीले मर्जरको सम्झौता गरेपछि यी तीन कम्पनीको कारोबार रोक्का हुने भएको हो।  

बिहिबार एक कार्यक्रममा गुराँस लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष विवेक दुगड, युनियन लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष सुलभ अग्रवाल र  प्राईम लाइफ इन्स्योरेन्स कम्पनीका अध्यक्ष पियुषराज अर्यालले आपसमा मर्जरमा जाने सम्झौता (एमओयु) मा हस्ताक्षर गरेका थिए ।

एक आपसको मर्जर पछि गाभिएर नयाँ कम्पनी बन्ने सम्झौतामा उल्लेख छ। यो नै  नेपालमा पहिलो पटक जीवन बिमा कम्पनी मर्जरमा जान लागेका हुन्। 

हाल प्राइम लाइफको चुक्ता पूँजी २ अर्ब ७७ करोड ९६ लाख १६ हजार रुपैयाँ ,गुराँस लाइफको २ अर्ब ८ करोड ४२ लाख ५० हजार रुपैयाँ र यूनियन लाइफको २ अर्ब १५ करोड रुपैयाँ चुक्ता पूँजी रहेको छ ।स्वाप रेसियो डिडिए मुल्यांकन पछि तय हुनेछ । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको