Like us!
Follow us!
Connect us!
Watch us!

अपि पावरकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत

अर्थ संसार

सोमबार, ०२ माघ २०७९, १६ : २० मा प्रकाशित

अपि पावरकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत

अपि पावर कम्पनी लिमिटेडकाे लाभांश विद्युत नियमन आयोगबाट स्विकृत भएकाे छ । 

कम्पनीकाे पाैष २१ गते, बिहीबार बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष ७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरुलाई चुक्ता पूँजीको ७.५० प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.३९ प्रतिशत नगद गरी कुल ७.८९ प्रतिशत लाभांश वितरण गर्ने घाेषणा गरेकाे थियाे । साेही लाभांश विद्युत नियमन आयोगले स्विकृत गरेकाे हाे ।

अब उक्त प्रस्तावित लाभांश कम्पनीकाे आगामी वार्षिक साधारण सभाले अनुमाेदन गरेपछि वितरण गरिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको