Like us!
Follow us!
Connect us!
Watch us!

आरएसडिसी लघुवित्तको नाफामा उछाल, अधिकांश सुचक सकारात्मक

अर्थ संसार

विहीबार, ०५ माघ २०७९, ०७ : ४९ मा प्रकाशित

आरएसडिसी लघुवित्तको नाफामा उछाल, अधिकांश सुचक सकारात्मक

आरएसडिसी लघुवित्त वित्तिय संस्था लिमिटेडले चालु आर्थिक बर्षको दोस्रो त्रैमासको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ । प्रकाशित वित्तिय विवरण अनुसार समिक्षा अवधिसम्ममा संस्थाको मुनाफामा बृद्धि आएको देखिन्छ । 

उक्त विवरण अनुसार  समिक्षा अवधिसम्म आइपुग्दा संस्थाले ७ करोड ९४ लाख १४ हजार रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । यो नाफा गत वर्षको सोही अवधिको तुलनामा ६२.३३ प्रतिशतले बढि हो । गत वर्षको यही अवधिमा संस्थाले ४ करोड ८९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको थियो।

चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म संस्थाको सञ्चालन मुनाफा पनि ६२.८८ प्रतिशतले बढेर ११ करोड ३४ लाख ४९ हजार रुपैयाँ पुगेको छ । गत वर्षको यही अवधिमा संस्थाको सञ्चालन मुनाफा ६ करोड ९६ लाख ४८ हजार रूपैयाँ रहेको थियो । त्यसैगरी, पहिलो त्रैमाससम्म आइपुग्दा संस्थाको खुद व्याज आम्दानी पनि ५६.३४ प्रतिशतले बढेर १४ करोड ७५ लाख ६३ हजार रुपैयाँ पुगेको छ । 

समिक्षा अवधिमा संस्थाको बार्षिकृत प्रतिसेयर आम्दानी (ईपीएस) १९ रुपैयाँ ७३ पैसा पुगेको छ भने संस्थाको प्रतिसेयर नेटवर्थ १३२ रुपैयाँ ४५ पैसा रहेको छ त्यसैगरी संस्थाको मूल्य आम्दानी अनुपात (पिइ रेसियों) ३०.९७ गुणा रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको