Like us!
Follow us!
Connect us!
Watch us!

दरम खोला हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

अर्थ संसार

शुक्रबार, ०६ माघ २०७९, १३ : २२ मा प्रकाशित

दरम खोला हाइड्रो इनर्जीले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धकमा लक्ष्मी क्यापिटल

दरम खोला हाइड्रो इनर्जी कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ३९ कराेड ५० लाख रूपैयाँ बराबरकाे ३९ लाख ५० हजार कित्ता साधारण सेयर (आईपीओ) निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकका लागि लक्ष्मी क्यापिटल मार्केट लिमिटेडसँग सम्झौता गरेको छ ।

उक्त सम्झौतामा लक्ष्मी क्यापिटलको तर्फबाट प्रमुख कार्यकारी अधिकृत राजीव सापकोटा र दरम खोला हाइड्रो इनर्जी लिमिटेडको तर्फबाट अध्यक्ष नर बहादुर पुनले हस्ताक्षर गरेका छन् ।

दरम खोला हाइड्रो इनर्जी लिमिटेडको बाग्लुङ्गको गलकोट नगरपालिका वडा नंं.११ मा ९.६ मेगावाट क्षमताकोे जलबिद्युत आयोजना निर्माणाधिन ८० प्रतिशत कार्य सम्पन्न भईसकेको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको