Like us!
Follow us!
Connect us!
Watch us!

नाफासँगै घट्यो प्राइम बैंकको ईपीएस, अन्य सूचक कस्ता छन् ?

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, १५ : २० मा प्रकाशित

नाफासँगै घट्यो प्राइम बैंकको ईपीएस, अन्य सूचक कस्ता छन् ?

प्राइम कमर्सियल बैंक लिमिटेडले चालु आर्थिक वर्ष २०७८/७९ को दाेश्राे त्रैमाससम्मको अपरिष्कृत वित्तिय विवरण प्रकाशित गरेको छ ।

खुद नाफा 

चालु आर्थिक वर्षको दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकले १ अर्ब ६५ करोड २० लाख ४४ हजार रुपैयाँ खुद नाफा कमाएको छ । यो नाफा रकम गत वर्षको सोही अवधिको तुलनामा १.५८ प्रतिशतले थाेरै हाे । गत वर्षको यसै अवधिमा बैंकले एक अर्ब ६७ करोड ८५ लाख ८९ हजार रूपैयाँ खुद नाफा आर्जन गरेको थियो।

खुद व्याज आम्दानी

समिक्षा अवधिसम्म बैंककाे खुद व्याज आम्दानी भने २७.९६ प्रतिशतले बढेर ३ अर्ब ५३ करोड ७० लाख ४९ हजार रूपैयाँ पुगेकाे छ । गत वर्षको यसै अवधिमा बैंककाे खुद व्याज आम्दानी २ अर्ब ७६ करोड ४२ लाख २५ हजार रूपैयाँ रहेकाे थियाे ।

सञ्चालन मुनाफा

दाेश्राे त्रैमाससम्म आइपुग्दा बैंकको सञ्चालन मुनाफा २.०१ प्रतिशतले घटेर २ अर्ब ३६ करोड १३ लाख ६५ हजार रूपैयाँ पुगेकाे छ । गत वर्ष बैंकले २ अर्ब ४० करोड ९७ लाख ४७ हजार रूपैयाँ सञ्चालन मुनाफा गरेको थियो । 

वितरणयोग्य मुनाफा

यसै अवधिसम्म बैंककाे वितरणयोग्य मुनाफा ४१ लाख ५ हजार रूपैयाँ रहेको छ । 

चुक्ता पूँजी

बैंकको चुक्ता पुँजी १९ अर्ब ४० करोड २५ लाख ७५ हजार रुपैयाँ रहेकाे छ ।

जगेडा कोष

बैंककाे जगेडा कोषमा ८ अर्ब ३५ करोड ९० लाख २६ हजार रुपैयाँ सञ्चित रहेको छ ।

ईपीएस

बैंककाे प्रतिसेयर आम्दानी (ईपीएस) १७ रुपैयाँ ९९ पैसाबाट घटेर अहिले १७ रुपैयाँ ३ पैसामा झरेको छ । 

नेटवर्थ

बैंककाे प्रतिसेयर नेटवर्थ १४३ रुपैयाँ १० पैसा रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको