Like us!
Follow us!
Connect us!
Watch us!

हाइड्रो सेक्टरमा प्रोफिट बुकिङले बजारमा गिरावट, ५ वटा स्टकमा पाेजेटिभ सर्किट

नेप्से

सोमबार, ०९ माघ २०७९, १५ : २३ मा प्रकाशित

हाइड्रो सेक्टरमा प्रोफिट बुकिङले बजारमा गिरावट, ५ वटा स्टकमा पाेजेटिभ सर्किट

लगानीकर्ताहरूले हाइड्रो सेक्टरबाट प्रोफिट बुकिङ गर्दा साेमबार बजारमा गिरावट देखिएकाे छ ।

नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक १३.७१ अंकले घटेर २१६५.१० विन्दुमा झरेकाे छ । नेप्से ०.६३ प्रतिशतले घटेकाे हो । यता सेन्सेटिभ परिसूचक पनि २.०५ अंकले घटेर ४१३.०१ विन्दुमा झरेको छ । 

कूल २५७ वटा कम्पनीकाे एक कराेड ७ लाख ५९ हजार ५ सय ७९ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ८६ करोड ४० लाख ८ हजार ९ सय ७३ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

स्टकका अनुसार कारोबार भएका कूल १३ उपसमूहमध्ये आज ११ वटा उपसमूहकाे सेयर घटेको छ । बाँकी २ वटा उपसमूहकाेे सेयर बढेकाे छ । बैंकिङ्ग र म्युचुअल फण्ड समूह बढेकाे हाे ।

साेमबार कुमारी बैंक लिमिटेडकाे सर्वाधिक काराेबार भएकाे छ । बैंककाे २७ कराेड ४८ लाख २८ हजार रूपैयाँ बराबरकाे काराेबार भएकाे हाे । 

यस दिन ५ कम्पनीकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे छ । आदर्श लघुवित्त, सानिमा जनरल इन्स्योरेन्स, कुमारी बैंक, स्ट्यान्डर्ड चाटर्ड बैंक र समृद्धि फाइनान्सकाे सेयरमूल्यमा सकारात्मक सर्किट लागेकाे हाे ।

आज हिमालयन हाइड्राेपावर कम्पनी लिमिटेडको सेयरमूल्य सबैभन्दा धेरै घटेकाे छ । कम्पनीकाे सेयरमूल्य ७.७९ प्रतिशतले घटेर प्रतिकित्ता २ सय ९२ रूपैयाँ ५० पैसामा झरेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको