सिडिएससीको सिस्टम मा प्राविधिक समस्याका कारण आज हुने सेटलमेन्ट नहुने भएका छन्। अर्थात बिहिबार सेयर किनेका लगानीकर्ताहरुको सेयर आज सिस्टमका प्राविधिक समस्याका कारण खातामा नआउने भएको छ। तेस्तै आजको कारोबारको राफसाफ पनि आज नहुने भएको छ।
सिडिएससीले आजको राफसाफ भोलि अर्थात मंगलबार हुने बताएको छ। सिडिएससीको सिस्टमको प्राविधिक समस्याका कारण एकातिर लगानीकर्ताको रणनीति बिग्रिन पुगेको छ भने अर्को तिर ब्रोकरको सेटलमेन्टमा पनि असर पर्ने हुदा ब्रोकर र ग्राहक दुबैले समयमा भुक्तानी नहुने हुदा दुबैलाई असर गर्ने देखिन्छ।
सिडिएससीले EDIS पनि मङ्गलबार मात्र गर्न भनेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस