Like us!
Follow us!
Connect us!
Watch us!

माउन्टेन इनर्जी नेपालको बोनस सेयर हितग्राही खातामा जम्मा

अर्थ संसार

मंगलबार, २९ जेठ २०८१, ०८ : ४० मा प्रकाशित

माउन्टेन इनर्जी नेपालको बोनस सेयर हितग्राही खातामा जम्मा

माउन्टेन इनर्जी नेपाल लिमिटेडले साधारणसभाले अनुमोदन गरेको बोनस सेयर आफ्ना सेयरधनीहरुको हितग्राही खातामा  जम्मा गरेको छ। गत चैत १३ गते  कम्पनीको दशौँ वार्षिक साधारण सभाले  १५ प्रतिशत बोनस सेयर अनुमोदन गरेको थियो। 

कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले फागुन ३० गते बुकक्लोज गरेको थियो। यस अनुसार फागुन २९ गतेसम्म नेप्सेमा कारोबार भई कायम सेयरधनीहरुको खातामा सो बोनस जम्मा भएको हो। 
उक्त बोनस सेयर यस अघि नै नेप्सेमा सूचीकृत भइसकेको छ ।

कम्पनीले जारी गरेको सूचनामा फागुन २९ गतेसम्म सेयर धितो बन्धक राखी कर्जा लिएका सदस्यहरूको हकमा बोनस सेयर समेत कर्जा प्रवाह गर्ने बैंक तथा वित्तीय संस्थाको नाममानै रोक्का जनाई जम्मा गरिएकाले कर्जा राफसाफ भइसकेको भए फुकुवा गर्न कम्पनीले आग्रह गरेको छ । कम्पनीको सेयर रजिष्ट्रारमा एनआइएमबि एस क्यापिटल लिमिटेड रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको