सनराइज क्यापिटल लिमिटेडले आज माघ १० देखि 'सनराइज फोकस्ड इक्विटी फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन तथा बिक्री खुल्ला गरेको छ । याे बन्दमुखी याेजना हाे । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षसम्म रहनेछ ।
क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्धक सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत इकाई याेजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ ।
कति दिने आवेदन ?
लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् ।
कहिलेसम्म दिने आवेदन ?
याे फण्डमा लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र ढिलोमा माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।
काे हाे बिक्री प्रबन्धक ?
यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।
कहाँबाट दिने आवेदन ?
लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस