Like us!
Follow us!
Connect us!
Watch us!

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १२ : ४४ मा प्रकाशित

माछापुच्छ्रे बैंकको एक्सटेन्सन काउन्टर कर्मचारी सञ्चय कोष भवन लगनखेलमा

माछापुच्छ्रे बैंक लिमिटेडले ललितपुर जिल्ला, लगनखेलस्थित कर्मचारी सञ्चय कोष भवनमा नयाँ एक्सटेन्सन काउन्टर सञ्चालनमा ल्याएको छ ।

बैंकले हिजाे माघ ९ गते सोमबार औपचारिक कार्यक्रमको आयोजना गरी उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेको हो । कर्मचारी सञ्चय कोषका सह–प्रशासक जीवन कुमार कटवालले उक्त एक्सटेन्सन काउन्टरको समुद्घाटन गरेका थिए । उक्त कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला तथा अन्य उच्च पदस्थ कर्मचारीहरुको समेत उपस्थिती रहेको थियो । सो एक्सटेन्सन काउन्टरको स्थापना भएसँगै बैंकको हाल सम्म देशभर ११ वटा एक्सटेन्सन काउन्टर सञ्चालनमा रहेका छन् ।  

माछापुच्छ्रे बैंक लिमिटेडले देशका हरेक वर्ग तथा समुदाय सम्म बैंकिङ्ग सेवाको पहुँचका लागि नयाँ नयाँ स्थानहरुमा आफ्नो सेवा विस्तार गर्दै आएको छ र नयाँ एक्सटेन्सन काउन्टर मार्फत ग्राहकको खाता खोल्ने, निक्षेप संकलन तथा भुक्तानी, विप्रेषण लगायतका अन्य बैंकिङ्ग सुविधाहरु समेत प्रदान गर्नेछ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको