Like us!
Follow us!
Connect us!
Watch us!

मर्जरपछि सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर सूचिकृत, कतिमा खुल्छ काराेबार ?

अर्थ संसार

मंगलबार, १० माघ २०७९, १४ : ४२ मा प्रकाशित

मर्जरपछि सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर सूचिकृत, कतिमा खुल्छ काराेबार ?

नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर सूचिकृत भएकाे छ ।

स्टकका अनुसार साविकको सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा गाभ्ने/गाभिने (मर्जर) गर्दा १:०.८२४५ को अनुपातमा कायम हुन आएको प्रति सेयर अंकित तथा चुक्ता मूल्य एक सय रूपैयाँ अंकित दरको कुल ४ कराेड ५४ लाख ५५ हजार ७ सय २१ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत गरिएकाे हाे ।

मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ । कम्पनीकाे पहिलो कारोबार लागि ओपनिङ रेञ्ज ३ सय ७१ रूपैयाँ ५९ पैसा तोकिएको छ ।  

सूचना हेर्नुहाेस् : 

63cf9efc20986.JPG 63cf9f05e1e23.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको