Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको तेस्रो त्रैमास - ३१.९० प्रतिशत बढ्यो नाफा ,जीवन बीमा कोषमा करिब साढे ३९ अर्ब

अर्थ संसार

शुक्रबार, १२ बैशाख २०८२, १० : ५६ मा प्रकाशित

सूर्यज्योति लाइफको तेस्रो त्रैमास - ३१.९० प्रतिशत बढ्यो नाफा ,जीवन बीमा कोषमा करिब साढे ३९ अर्ब

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमास (साउन–चैत)सम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। सार्वजनिक गरेको वित्तीय विवरणमा उल्लेख्य प्रगति गरेको देखिएको छ।

कम्पनीले चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा २९ करोड ५७ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको यसै अवधिमा कमाएको २२ करोड ४३ लाख रुपैयाँको तुलनामा यो नाफा ३१.९० प्रतिशतले धेरै हो । कम्पनीको लगानी तथा कर्जाबाट हुने आम्दानी पनि १३.९८ प्रतिशत बढेर २ अर्ब ६० करोड रुपैयाँ नाघेको छ । 

यता, खुद बिमा शुल्क आर्जन पनि १७.८५ प्रतिशतले बढेर ७ अर्ब ५१ करोड रुपैयाँ पुगेको छ । जीवन बिमा कोषको आकार ३९ अर्ब ४५ करोड रुपैयाँ भन्दा धेरै छ । चुक्ता पुँजी ५ अर्ब १ करोड १९ लाख ४७ हजार रुपैयाँ र रिटेन्ड अर्निङमा ४२ करोड १९ लाख रुपैयाँ रहेको छ । प्रतिसेयर आम्दानी १ रुपैयाँ २९ पैसाले बढेर ७ रुपैयाँ ८७ पैसा (वार्षिक) पुगेको छ ।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको