सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले विभिन्न आर्थिक वर्षको बाँकी रहेको नगद लाभांश, बोनस सेयर तथा हकप्रद सेयर संकलन गर्न बाँकी रहेका सेयरधनीहरूलाई आवश्यक प्रक्रिया पूरा गर्न आग्रह गरेको छ।
कम्पनीको सेयर रजिष्ट्रार एनआईसी एशिया क्यापिटलले सोमबार एक सूचना प्रकाशित गर्दै उक्त आग्रह गरेको हो।
सूचनामा भनिएको छ कि, अहिलेसम्म नगद लाभांश वितरण नहुनुको कारणसहितको विवरण क्यापिटलको वेबसाइटमा उपलब्ध गराइएको छ। सो विवरण हेरी आवश्यक अद्यावधिक गरी बाँकी लाभांश संकलन गर्न सेयरधनीहरूलाई अनुरोध गरिएको छ।
त्यस्तै, बोनस सेयर र हकप्रद सेयर प्रमाणपत्र अभौतिकीकरण गर्नुपर्ने उल्लेख गरिएको छ। भौतिक रूपमा कायम रहेका सेयरधनीहरूले प्रमाणपत्र अभौतिकीकरण गरेपछि मात्र सम्बन्धित बैंक खाता वा हितग्राही खातामा नगद लाभांश, बोनस सेयर र हकप्रद सेयर जम्मा गरिने जानकारी सूचनामा दिइएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस