Like us!
Follow us!
Connect us!
Watch us!

सूर्यज्योति लाइफको वार्षिक साधारणसभा आह्वान,बुक क्लोज कहिले ?

अर्थ संसार

सोमबार, ०७ पुस २०८२, १० : २४ मा प्रकाशित

सूर्यज्योति लाइफको वार्षिक साधारणसभा आह्वान,बुक क्लोज कहिले ?

सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले वार्षिक साधारणसभा बोलाएको छ। हिजो बसेको सञ्चालक समितिको बैठकले पुस ३० गते बुधबार विराटनगरको होटल हैरिसन प्यालेसमा बिहान साढे १० बजे अठारौं वार्षिक साधारणसभा बोलाएको  हो ।

सभाले सञ्चालक समितिले प्रस्ताव गरे बमोजिम हाल कायम चुक्ता पूँजीको १३ प्रतिशत नगद लाभांश (कर सहित) सेयरधनीलाई वितरण गर्ने प्रस्ताव पारित गर्नेछ।  

साथै गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, लेखापरीक्षकको प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब, नगद प्रवाह एवं तत्सम्बन्धी अनुसूचीहरू पारित गरी चालू आर्थिक वर्षको लागि लेखापरीक्षकको नियुक्ति गर्नेछ। साधारणसभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले पुस १८ गते एक दिन बुक क्लोज गरिने जनाएको छ। तसर्थ नेप्सेमा पुस १७ गतेसम्म कायम सेयरधनी मात्रै सभामा भाग लिन र लाभांश पाउन योग्य हुनेछन्।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको