Like us!
Follow us!
Connect us!
Watch us!

ग्रामीण विकास लघुवित्तको साधारण सभा शनिबार, सेयरधनीलाई छैन लाभांश

अर्थ संसार

शुक्रबार, २७ फागुन २०७८, १० : ४६ मा प्रकाशित

ग्रामीण विकास लघुवित्तको साधारण सभा शनिबार, सेयरधनीलाई छैन लाभांश

ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको सातौँ वार्षिक साधारण सभा भोलि फागुन २८ गते, शनिबार, संस्थाको केन्द्रिय कार्यालय, बुटवलमा बिहान ११ बजेदेखि भर्चुअल माध्यमबाट सुरू हुनेछ । संस्थाले गत आर्थिक बर्षको मुनाफाबाट सेयरधनीहरुका लागि लाभांश वितरण प्रस्ताव भने गरेको छैन । 

सभामा सञ्चालक समितिका तर्फबाट अध्यक्षले प्रस्तुत गर्ने आर्थिक वर्ष २०७७/२०७८ को वार्षिक प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७७र०७८ को लेखापरिक्षकको वार्षिक लेखापरिक्षण प्रतिवेदन, वासलात तथा सोका आधारमा तयार पारिएको वित्तीय विवरणहरु ९मिति २०७८ आषाढ मसान्तसम्मको नाफा नोक्सान हिसाब र सोही अवधिका नगद प्रवाह विवरण लगायतका संलग्न अनुसुचीहरु समेत वित्तीय विवरण पारित गर्ने, आर्थिक वर्ष २०७८/०७९ को लेखापरिक्षण गर्नका लागि सञ्चालक समितिबाट गरिएको लेखापरिक्षकको नियुक्ती र पारिश्रमीक अनुमोदन गर्ने लगायतका प्रस्तावहरू पारित गरिनेछ । 

त्यसैगरी, संस्थाले साधारण सभा प्रयोजनका लागि फागुन १७ गतेदेखि फागुन २८ गतेसम्म बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन १६ गतेसम्म नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा कारोबार भई कायम रहेका शेयरधनीहरूले मात्र साधारण सभामा भाग लिन सक्नेछन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको