Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोको आईपीओ अपडेट : मागभन्दा ६.७६ गुणा बढी आवेदन

अर्थ संसार

बुधबार, ११ माघ २०७९, १५ : ५१ मा प्रकाशित

सुपर मादी हाइड्रोको आईपीओ अपडेट : मागभन्दा ६.७६ गुणा बढी आवेदन

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गरिरहेकाे छ । उक्त आईपीओमा भाेलि माघ १२ गतेसम्म आवेदन दिन पाइनेछ । 

निष्कासन तथा बिक्री प्रबन्धक सानिमा क्यापिटलका अनुसार कम्पनीको आईपीओमा बुधबार दिउँसाे ३ बजेसम्ममा १० लाख १४ हजार जना आवेदकले १७ लाख ४३ हजार कित्ताका लागि आवेदन दिएका छन्  । याे मागभन्दा ६.७६ गुणा बढी आवेदन हाे । 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ । 

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । 

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ । आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको