Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको आईपीओ अर्काे साता बाँडफाँड हुने, १३ लाख बढीकाे हात खाली हुने पक्का

अर्थ संसार

विहीबार, १२ माघ २०७९, ११ : ११ मा प्रकाशित

कालिञ्चोक दर्शनको आईपीओ अर्काे साता बाँडफाँड हुने, १३ लाख बढीकाे हात खाली हुने पक्का

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते, मंगलबारदेखि माघ ६ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड अर्काे साता हुने भएकाे छ ।

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ अर्ब ६६ करोड ८ लाख रुपैयाँ बराबरको १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । यो माग भन्दा १८.५२ गुणा बढी आवेदन हो ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिनेछ । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा भाग्यमानी ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको