Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

अर्थ संसार

विहीबार, १२ माघ २०७९, १७ : १० मा प्रकाशित

सुपर मादी हाइड्रोको आईपीओमा अन्तिम दिनसम्म यसरी पर्याे आवेदन

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गतेदेखि सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओमा आवेदन दिने आज (माघ १२ गते, बिहीबार) अन्तिम दिन थियाे ।

सीडीएसका अनुसार कम्पनीको आईपीओमा आज अन्तिम दिनसम्ममा १३ लाख ५७ हजार ७ सय ४५ जना लगानीकर्ताहरूले १ करोड ५५ लाख ६२ हजार २ सय १० कित्ताका लागि आवेदन दिएका छन् । यो मागभन्दा ८.९२ गुणा बढी आवेदन हो ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे  । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको