Like us!
Follow us!
Connect us!
Watch us!

EDBL को बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा, नआए के गर्ने ?

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, ०६ : ४० मा प्रकाशित

EDBL को बोनस लगानीकर्ताको हितग्राही खातामा जम्मा, नआए के गर्ने ?

एक्सल डेभलपमेन्ट बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको हितग्राही खातामा बोनस सेयर जम्मा गरेको छ ।

कम्पनीको साउन ९ गते सम्पन्न भएको १६ औँ वार्षिक साधारण सभाले पारित गरेको ८.५० प्रतिशत बोनस सेयर बुकक्लोज हुँदासम्म अर्थात् असार २७ गतेसम्म सेयर अभौतिकिकरण गराएका शेयरधनीहरुको सम्बन्धित हितग्राही खातामा जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीको बोनस सेयर नेपाल स्टक एक्सचेञ्जमा सूचीकृत भइसकेको छ । 

त्यसैगरी, कम्पनीले हालसम्म आफ्नो सेयर अभौतिकिकरण नगरेका शेयरधनीहरुलाई शिघ्र सेयर अभौतिकिकरण गरी आफ्नो बोनस प्राप्त गर्नका लागि आग्रह गरेको छ । त्यस्तै, सेयर धितो राखेका शेयरधनीहरुलाई भने सम्बन्धीत बैंक तथा वित्तीय संस्थाबाट फुकुवा पत्र अनिवार्य पेश गरेपश्चात मात्र बोनस वितरण गरिनेछ ।

कम्पनीको सेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेड रहेको छ । 

कम्पनी​ले प्रकाशन गरेको सूचना यस प्रकारको छः 

63d3218beb1e5.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको