Like us!
Follow us!
Connect us!
Watch us!

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेप्से

मंगलबार, २८ असार २०७९, ०६ : १४ मा प्रकाशित

एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन, कतिमा खुल्छ कारोबार ?

नेपाल स्टक एक्सचेन्ज(नेप्से) मा आज एक्सेल डेभलपमेन्ट बैंकको सेयर मूल्य समायोजन भएको छ ।

बैंकको ८.५ प्रतिशत बोनस सेयरपछि नेप्सेले प्रतिकित्ता ३ सय २० रूपैयाँ ७४ पैसा कायम हुनेगरी मूल्य समायोजन गरेको छ । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ३ सय ४८ रूपैयाँका आधारमा मूल्य समायोजन गरेको हो । 

बैंकले गत आर्थिक वर्षको नाफाबाट ८ दशमलव ५ प्रतिशत बोनस सेयर र कर प्रयोजनार्थ ०.४५ प्रतिशत नगद लाभांश गरी कुल ८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।

साधारण सभा प्रयोजनका लागि बैंकले आज (२८ असारमा) बुक क्लोज गर्ने छ । यसर्थ, हिजो (२७ असार) सम्ममा नेप्सेमा कायम रहने सेयरधनीले मात्र सभामा सहभागिता जनाउन तथा प्रस्तावित लाभांश पाउन सक्नेछन् । बैंकको १६ औं वार्षिक साधारण सभा साउन ९ गते सिद्धार्थ होटल विर्तामोड झापामा बिहान ११ बजेदेखि सुरु हुनेछ ।

गत आर्थिक वर्षको वार्षिक प्रतिवेदन, नाफा–नोक्सान हिसाब तथा नगद प्रवाह विवरणमा पनि छलफल हुनेछ । प्रबन्धपत्र तथा नियमावली संशोधन गर्ने, अन्य कुनै बैंक तथा वित्तीय संस्थासँग मर्जर अथवा एक्विजिसनमाा जानुपरेमा सम्पूर्ण कामको अख्तियारी सञ्चालक समितिलाई दिने लगायतका एजेण्डा छन् । 

62ccc0c92e8f7.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको