एक्सेल डेभलपमेन्ट बैंकले आफ्नो १९ औं वार्षिक साधारणसभा बोलाएको छ ।
बैंक सञ्चालक समितिको बैठकले वार्षिक साधारणसभा आउँदो चैत ११ गते बोलाएको हो। सभा झापाको बिर्तामोडस्थित सिद्धार्थ होटलमा बिहान ११ बजेबाट सुरु हुनेछ।
सभाले अन्य बैंक तथा वित्तीय संस्थासँग मर्जरका लागि ढोका खोल्नेछ र आवश्यक सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव सभाले पारित गर्नेछ। मर्जर प्रयोजनका लागि बैंकको प्रबन्धपत्र र नियमावलीमा संशोधन गर्नुपर्ने भएमा आवश्यक संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने प्रस्ताव पनि सभाले पारित गर्नेछ।
सभाले सञ्चालक समितिका सदस्यहरुको बैठक भत्ता वृद्धि गर्ने विशेष प्रस्ताव अनुमोदन गर्नेछ। सभाले संस्थापक समूहतर्फ रिक्त सञ्चालक पदमा गरेको नियुक्ति सदर गर्नेछ। बैंकको आर्थिक वर्ष २०८०/८१ को वार्षिक प्रतिवेदनका साथै लेखापरीक्षकको आर्थिक प्रतिवेदन पनि स्वीकृत गर्नेछ। चालु आर्थिक वर्ष २०८१/८२ का लागि लेखापरीक्षकको नियुक्ति र निजको पारिश्रमिक निर्धारणसम्बन्धी प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ।
वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले फागुन २९ गते बुक क्लोज गर्ने भएकाले २८ गतेसम्म कायम सेयरधनी साधारणसभामा भाग लिन योग्य हुनेछन्।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस