Like us!
Follow us!
Connect us!
Watch us!

सनराइज फोकस्ड इक्विटी फण्डमा लगानी गर्ने म्याद थप

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १० : २९ मा प्रकाशित

सनराइज फोकस्ड इक्विटी फण्डमा लगानी गर्ने म्याद थप

सनराइज क्यापिटल लिमिटेडले माघ १० गतेदेखि निष्कासन गरेकाे 'सनराइज फोकस्ड इक्विटी फण्ड' नामक म्युचुअल फण्डमा आवेदन दिने म्याद थपिएकाे छ ।

छिटाे अवधिमा सबै बिक्री नभएपछि म्याद थपेर माघ २४ गतेसम्म आवेदन दिन सकिने व्यवस्था गरिएकाे हाे । याे बन्दमुखी याेजना हाे । यस योजनाको अवधि इकाई बाँडफाँड भएको मितिबाट १० वर्षसम्म रहनेछ । 

क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । जसमध्ये १ करोड ८० लाख इकाई कोष प्रवद्धक सनराइज बैंकले बिज पुँजीको रुपमा लगानी गर्नेछ । एक प्रतिशत इकाई याेजना व्यवस्थापक सनराइज क्यापिटल लिमिटेडका लागि छुट्याइएकाे छ । त्यसपछी बाँकी रहेको १० करोड २० लाख इकाई सर्वसाधारणका लागि बिक्री गरिनेछ । 

कति दिने आवेदन ?

लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । 

काे हाे बिक्री प्रबन्धक ?

यसमा बिक्री प्रबन्धकको काम सनराइज क्यापिटल लिमिटेडले गर्नेछ ।

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताले धितोपत्र बोर्डबाट आस्वा अनुमति लिएका सम्पूर्ण बैंक तथा वित्तीय संस्था तथा मेरो शेयरबाट पनि आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको