Like us!
Follow us!
Connect us!
Watch us!

महालक्ष्मी विकास बैंकले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

अर्थ संसार

शुक्रबार, १३ माघ २०७९, १३ : ४३ मा प्रकाशित

महालक्ष्मी विकास बैंकले पठायाे लाभांश, तपाईंकाे खातामा आयाे ? नत्र यसाे गर्नुस्

महालक्ष्मी विकास बैंक लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुकाे सम्बन्धित बैंक खातामा लाभांश जम्मा गरिएकाे बैंकले जनाएकाे छ । 

बैंककाे पाैष २९ गते सम्पन्न भएकाे २१औँ वार्षिक साधारण सभाले सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ प्रतिशत बोनस सेयर र ६.४७ प्रतिशत नगद गरी कुल १०.४७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेकाे थियाे ।

साधारण सभाबाट पारित गरिएकाे ६.४७ प्रतिशत नगद लाभांश सेयरधनीहरूको खातामा पठाइएकाे हाे ।

त्यसैगरी, बैंकले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

बैंकको सेयर रजिष्ट्रार सिद्धार्थ क्यापिटल लिमिटेड रहेकाे छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको