Like us!
Follow us!
Connect us!
Watch us!

अनुमति बिना कमोडिटी मार्केट सञ्चालनप्रति सेबाेनको ध्यानाकर्षण, कारबाही गर्ने चेतावनी

अर्थ संसार

आइतबार, १५ माघ २०७९, १५ : ०२ मा प्रकाशित

अनुमति बिना कमोडिटी मार्केट सञ्चालनप्रति सेबाेनको ध्यानाकर्षण, कारबाही गर्ने चेतावनी

नियामक निकाय नेपाल धिताेपत्र बाेर्ड (सेबाेन) ले अनुमतिपत्र प्राप्त नगरी वस्तु विनिमय बजार र सोसंग सम्बन्धित व्यवसाय नगर्ने/नगराउने सम्बन्धी अत्यन्त जरूरी सूचना प्रकाशन गरेकाे छ ।

वस्तु विनिमय बजार सम्बन्धी ऐन, २०७४ को दफा ३ बमोजिम अनुमतिपत्र प्राप्त नगरी कसैले पनि वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय सञ्चालन गर्न नहुने व्यवस्था रहेको र बोर्डले हालसम्म वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसाय गर्न कसैलाई पनि अनुमति प्रदान नगरेको सेबाेनले सबैमा सूचित गरेकाे छ ।

बोर्डले वस्तु विनिमय बजार सञ्चालन गर्न कम्पनी संस्थापना गर्न पूर्व स्वीकृतिका लागि निवेदन दिने सम्बन्धी यही असाेज २ गते सूचना प्रकाशित गरेकोमा  सर्वोच्च अदालतको अल्पकालिन आदेश बमोजिम उक्त सूचनासँग सम्बन्धित सम्पूर्ण प्रकृया यथास्थितीमा स्थगित रहेको छ ।

पछिल्लो समयमा कुनै संस्था/कम्पनीबाट वस्तु विनिमय बजार सम्बन्धी कारोबार भईरहेको भन्ने जानकारी प्राप्त भएकोले यसमा बोर्डले गम्भिर ध्यानाकर्षण जनाएको छ । वस्तु विनिमय बजार र सोसँग सम्बन्धित व्यवसायहरु अनुमति नलिई संचालन गरेमा गैरकानुनी हुने र प्रचलित कानुन बमोजिम कारबाही हुने  बाेर्डले जनाएकाे छ ।

त्यसैगरी, बाेर्डले आम लगानीकर्ताहरुलाई बिना अनुमति सञ्चालित वस्तु विनिमय बजार तथा व्यवसायी मार्फत वस्तु विनिमय बजार सम्बन्धी कुनै किसिमको कारोबार नगर्न/नगराउन सूचना मार्फत अनुरोध गरेकाे छ ।

सूचना हेर्नुहाेस् :
 

63d63b83e2790.JPG

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको