विद्युत नियमन आयोगले सिनर्जी पावर डेभलपमेन्ट लिमिटेडलाई हकप्रद सेयर निष्काशन गर्न स्वीकृती दिएको छ। आयोगले कम्पनीलाई माघ १२ गते स्वीकृती दिएको हो।
कम्पनीले चुक्ता पूँजीको ५० प्रतिशत अर्थात हाल कायम २ कित्ता सेयर बराबर नयाँ १ कित्ता सेयर अनुपातमा हकप्रद सेयर निष्काशन गर्न अनुमति पाएको हो। कम्पनीले १० मेगावाट क्षमताको दोलखा जिल्लामा निर्माणधिन सिप्रिङ खोला जलविद्युत आयोजना निर्माण गर्न हकप्रद मागेको हो।
हकप्रदको लागि निम्न शर्तहरु सरेको छ :
१. प्रचलित कानुन बमोजिम अनुमतिपत्र जारी गर्ने निकाय तथा अन्य निकायबाट सहमति लिनुपर्ने भएमा सो लिई आयोगलाई जानकारी गराउनु पर्नेछ ।
२. प्रचलित कानुन बमोजिम लाभकर लगायत अन्य कर बझाउनुपर्ने भएमा सम्बन्धित निकायमा सो कर बुझाउनुपर्नेछ ।
३. कम्पनीले आयोगबाट समय समयमा जारी भएको मापदण्ड संहिता तथा संस्थागत सुशासन सम्बन्धि निर्देशन पालना गर्नुपर्नेछ ।
४. तहाँ अन्तर्गतका शेयरधनीहरु मध्ये कुनै शेयरधनी विद्युत सम्बन्धी आयोजना बनाई नेप्सेमा सुचिकृत कम्पनी भएमा हकप्रद शेयर जारी गरी लगानी गर्ने भएमा आयोगको पूर्व स्वीकृति लिनुपर्नेछ ।
५. आयोगले ऐन, नियमावली, विनियमावली र निर्देशिका बमोजिम कार्यान्वयन गर्न र निर्दिष्ट विषय सम्पादन गर्न समय-समयमा आदेश वा परिपत्र जारी गर्दा सोको परिपालना कम्पनीले गर्नुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस