Like us!
Follow us!
Connect us!
Watch us!

मनकामना इन्जिनियरिङ्ग हाइड्रोले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १२ : २० मा प्रकाशित

मनकामना इन्जिनियरिङ्ग हाइड्रोले आईपीओ निष्कासन गर्ने, बाेर्डमा दियाे निवेदन

मनकामना इन्जिनियरिङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्न नियामक निकाय नेपाल धिताेपत्र बाेर्डमा निवेदन दिएकाे छ ।

कम्पनीले आयाेजना प्रभावित स्थानीय, वैदेशिक राेजगारीमा गएका नेपाली तथा सर्वसाधारणका लागि प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा २८ करोड रुपैयाँ बराबरको २८ लाख कित्ता आईपीओ निष्कासन गर्न सेबाेनमा निवेदन पेश गरेकाे हाे । 

कम्पनीको कार्तिक २३ गते, बुधबार सम्पन्न भएकाे वार्षिक साधारण सभामा साधारण सेयर आईपीओ निष्कासन गर्ने विशेष प्रस्ताव पारित गरिएकाे थियाे । कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकको रुपमा बीओके क्यापिटल मार्केट लिमिटेड रहेको छ ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको