Like us!
Follow us!
Connect us!
Watch us!

कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेत पक्राउ

अर्थ संसार

बुधबार, १८ माघ २०७९, १८ : ५४ मा प्रकाशित

कामना सेवा विकास बैंकका सीईओ प्रवीण बस्नेत पक्राउ

कामना सेवा विकास बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण बस्नेत पक्राउ परेका छन् । उनी सहित सहित चार जना पक्राउ परेका हुन्। 

पक्राउ पर्नेमा बस्नेतसहित हरेन्द्र दाहाल, चन्द्रबहादुर थापा र वीरेन्द्र सिंह भण्डारी रहेका छन् ।

बस्नेतलाई कामना सेवा विकास बैंक लिमिटेडका सीईओ बैंकिङ कसुरमा अभियोग परेपछि बैंकबाट बर्खास्त गरेको थियो । बैंककाे कामु सीईओमा विनय दाहाललाई नियुक्त गरिसकेको छ। 

बस्नेतले झापामा नक्कली ऋणी तयार पारेर ऋण दिएको भेटिएपछि राष्ट्र बैंकको सिफारिसमा प्रहरीको केन्द्रिय अनुसन्धान ब्यूरोले अहिले अनुसन्धान गरिरहेको छ । प्रहरीले बस्नेतसहित बैंकका ११ जनाका नाममा पक्राउ पुर्जी जारी गरेको थियो। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको