Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

अर्थ संसार

विहीबार, १९ माघ २०७९, ११ : ०३ मा प्रकाशित

कालिञ्चोक दर्शनको आईपीओ बाँडफाँड सम्पन्न, कसरी हेर्ने नतिजा ?

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते, मंगलबारदेखि माघ ६ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड आज (माघ १९ गते, बिहीबार) सम्पन्न भएकाे छ । उक्त आईपीओकाे बाँडफाँड निष्कासन तथा बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङको केन्द्रिय कार्यलय नारायणचौर नक्साल, काठमाडौंमा सम्पन्न गरिएकाे थियाे । 

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ८९ हजार ६ सय ४० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९ सय ६९ जना लगानीकर्ताहरूले १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

कसरी हेर्ने नतिजा ?

कम्पनीकाे आईपीओकाे नतिजा ४ तरिकाबाट हेर्न सकिन्छ । सिडीएसले आईपीओकाे नतिजा हेर्नका लागि सञ्चालनमा ल्याएकाे वेबसाइट iporesult.cdsc.com.np, बिक्री प्रबन्धक नबिल इन्भेष्टमेन्ट बैंकिङ लिमिटेडकाे वेबसाइट, कालिञ्चोक दर्शन लिमिटेडको वेबसाइट र मेराे सेयरबाट नतिजा हेर्न सकिन्छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको