Like us!
Follow us!
Connect us!
Watch us!

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेलको निरन्तरता

अर्थ संसार

विहीबार, १९ माघ २०७९, १२ : ५८ मा प्रकाशित

सिटिजन्स बैंकको सीईओमा गणेशराज पोखरेलको निरन्तरता

सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले २०७९ साल माघ १८ गते बुधबार बसेको ४११औं सञ्चालक समितिको बैठकले हाल कार्यरत प्रमुख कार्यकारी अधिकृत गणेशराज पोखरेललाई आगामी ४ वर्षको कार्यकालका लागि सिटिजन्स बैंकको प्रमुख कार्यकारी अधिकृतमा नियुक्त गर्ने निर्णय गरेको छ । पोखरेलले स्थापना कालदेखि नै बैंकसँग आवद्ध भई विभिन्न ओहदामा रही नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । साथै २०६५ सालदेखि नै दोस्रो वरियतामा रही बैंकमा कार्य सम्पादन गर्दै आएका छन् ।

पोखरेलले बैंकको नेतृत्वदायी भूमिका सम्हाले पछि उदाहरणीय लगन, परिश्रम, दृढता, संकल्प, दक्षता र दृढ अठोट प्रदर्शन गर्दै आफ्नो प्रथम कार्यकाल पूर्णरुपमा सफल बनाएका छन् । उनको कार्यकालमा ग्राहक संख्या, डिम्याट संख्या, मोबाईल बैकिङ तथा अन्य डिजिटल एवं ट्रानजेक्सन बैकिङ सेवा सुविधा लगायतका अधिकांश सूचक तथा ब्राण्डिङ्मा राम्रो उपलब्धी हाँसिल गर्न सफल भएको छ ।  

बैंकले उनको पहिलो ४ वर्षे कार्यकालमा निक्षेप औषतमा वार्षिक २६.०४% वृद्धि गरि हाल रु १६१.४५ अर्ब पुगेको छ भने कर्जा औषतमा वार्षिक २३.६२% बृद्धि गरि हाल रु १४२.५४ अर्ब र चुक्ता पूँजी रु. १४.२० अर्ब पुगेकोे छ । त्यसै गरि खुद नाफा ४ वर्षमा औषतमा वार्षिक १२.९१% वृद्धि भई आ.व. २०७८/७९ मा रु २ अर्ब पुगेको छ ।  सोहि अवधिमा बैंकको पूँजी कोष सबल बनाउने, शाखा तथा व्यापार व्यवसाय बढाउने ध्येयले प्रदेश १ मा सृजना फाईनान्स लिमिटेड, मधेश प्रदेशमा सहयोगी विकास बैंक लिमिटेड र लुम्बिनी प्रदेशमा तिनाउ  मिशन विकास बैंक लिमिटेडलाई समेत प्राप्ति गरि बैंकले हाल देशैभरी १८२ शाखा कार्यालय, ३ विस्तारित काउण्टर, १३५ ATM, ९७ शाखा रहित बैंकिङ इकाई र २० माईक्रो फाईनान्स इकाईबाट सरल, सुलभ एवं गुणस्तरीय सेवा प्रदान गर्दै आईरहेको छ । हाल बैंकको १५ लाखभन्दा बढीको संख्यामा ग्राहकहरु रहेको छ ।

बैंकिङ्ग क्षेत्रमा एक अनुभवी बैंकरका रुपमा परिचित पोखरेलले त्रिभुवन विश्व विद्यालयबाट मार्केटिङमा स्नातकोत्तर , कानुनमा स्नातक तथा काठमाडौं विश्वविद्यालयबाट वित्त व्यवस्थापन विषयमा स्नातकोत्तर गरेका छन् । बैंकमा आवद्ध हुनु अगाडी उनले विभिन्न संस्थामा महत्वपूर्ण ओहदामा रही आफ्नो कार्यकुशलता प्रदर्शन गरी सकेका छन् । व्यवस्थापन क्षेत्रमा ३० वर्ष लामो अनुभव भएका पोखरेल दूरदर्शी, लगनशील, मृदुभाषी तथा दृढ इच्छा शक्ति भएका व्यक्तिका रुपमा परिचित छन् । नीति नियमको अनुपालना आफ्नो प्राथमिकतामा पर्ने र यस अवधिमा बैंकलाई थप उचाईमा पुर्याउने गरी काम गर्ने प्रतिवद्धता उनले आज आयोजित उच्च व्यवस्थापन तथा शाखा प्रबन्धकहरुको एक बैठकमा व्यक्त गर्नु भएको छ । “भित्र सिस्टम, बाहिर इमेज” को मूल उद्देश्य सहित पोखरेलले कार्य आरम्भ गरेका छन्  । 
  
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको