Like us!
Follow us!
Connect us!
Watch us!

एनआईसी एशिया बैंकले ल्यायो एक कम्पनीको सेयर लिलामीमा, मूल्य कति छ ?

अर्थ संसार

शुक्रबार, २० माघ २०७९, ११ : ४६ मा प्रकाशित

एनआईसी एशिया बैंकले ल्यायो एक कम्पनीको सेयर लिलामीमा, मूल्य कति छ ?

एनआईसी एशिया बैंक लिमिटेडलाई आफ्नाे स्वामित्वमा रहेको नागरिक लगानी कोषको सेयर बिक्री खुल्ला गरेकाे छ । बैंकले नागरिक लगानी कोषको ७५ हजार कित्ता संस्थापक समूहकाे सेयरहरू लिलाम बढाबढ गरी बिक्री खुल्ला गरेकाे हाे ।

मूल्य कति ?

उक्त सेयरकाे न्यूनतम मूल्य प्रतिकित्ता ७ सय ६ रूपैयाँ ताेकिएकाे छ ।

कहिलेसम्म दिने आवेदन ?

उक्त सेयरमा लगानीकर्ताले आज (माघ २० गते, शुक्रबार) बाट माघ २७ गतेसम्म आवेदन दिन सक्नेछन् ।

कति दिने आवेदन ?

लगानीकर्ताले न्युनतम एक हजार कित्तादेखि अधिकतममा १०० ले भाग जाने गरि सबै कित्ताको लागि आवेदन दिन सक्नेछन् ।

काे हाे बिक्री प्रबन्धक ?

कम्पनीको निष्कासन तथा बिक्री प्रबन्धक एनआईसी एशिया क्यापिटल लिमिटेड रहेको छ । 

कहाँबाट दिने आवेदन ?

लगानीकर्ताहरुले एनआईसी एशिया क्यापिटल लिमिटेड, बबरमहल, काठमाडौं तथा एनआईसी एशिया बैंक लमिटेडकाे केन्द्रीय कार्यालय थापाथली र शाखा कार्यालयहरु विराटनगर, वीरगंज, पोखरा, बुटवल, धनगढी र सुर्खेतबाट आवेदन दिन सक्नेछन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको