Like us!
Follow us!
Connect us!
Watch us!

पूर्वाञ्चल ल्यूब आयलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

शुक्रबार, २० माघ २०७९, १२ : ५२ मा प्रकाशित

पूर्वाञ्चल ल्यूब आयलले आईपीओ निष्कासन गर्ने, बिक्री प्रबन्धक नियुक्त

पूर्वाञ्चल ल्यूब आयलले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएकाे छ ।

कम्पनीले प्रतिकित्ता १०० रूपैयाँ अंकित दरमा ५ लाख कित्ता आईपीओ निष्कासन गर्न निष्कासन तथा बिक्री प्रबन्धकमा प्रभु क्यापिटल लिमिटेडलाई नियुक्त गरेकाे छ ।  बिक्री प्रबन्धक नियुक्ती सम्बन्धी सम्झौतापत्रमा पूर्वाञ्चल ल्यूब आयलको तर्फबाट प्रबन्ध सञ्चालक भोलेश्वर दुलाल र प्रभु क्यापिटलका तर्फबाट प्रबन्ध सञ्चालक दिनेश थकालीेले हस्ताक्षर गरेका छन् । 

पूर्वाञ्चल ल्यूबको रजिष्टर्ड कार्यालय सुन्दरहरैंचा ९, विराटचोक, मोरङ्गमा रहेको छ । कम्पनीले विगत २३ वर्षदेखि आफ्नो ‘पीएलओ’ ब्राण्डका ल्यूब्रीकेन्ट उत्पादनहरु बिक्री वितरण गर्दै आएको छ । हाल नेपालभर ९३ भन्दा बढी डिलर र ११ हजार भन्दा बढी खुद्रा आफ्ना उत्पादन बिक्री वितरण गरिरहेको कम्पनीले जानकारी गराएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको