Like us!
Follow us!
Connect us!
Watch us!

कालिञ्चोक दर्शनको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

शुक्रबार, २० माघ २०७९, १३ : ३३ मा प्रकाशित

कालिञ्चोक दर्शनको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

कालिञ्चोक दर्शन लिमिटेडले माघ ३ गते, मंगलबारदेखि माघ ६ गते, शुक्रबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे साधारण सेयर (आईपीओ) काे बाँडफाँड हिजाे (माघ १९ गते, बिहीबार) सम्पन्न भइसकेकाे छ ।

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ७८ रूपैयाँ १५ पैसादेखि अधिकतम २ सय ३४ रुपैयाँ ४५ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ७८ रूपैयाँ १५ पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ३४ रुपैयाँ ४५ पैसा हुन्छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १० करोड ८० लाख रुपैयाँ बराबरको १० लाख ८० हजार कित्ता सेयरमध्ये १० प्रतिशत अर्थात १ लाख ८ हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरिसकेको थियाे भने ५ प्रतिशत अर्थात ५४ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँट गरिसकेको छ । त्यसैगरी, २ प्रतिशतले हुन आउने २१ हजार ६०० कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे । सर्वसाधारणले बाँकी ८ लाख ९६ हजार ४०० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १४ लाख ७३ हजार ९ सय ६९ जना लगानीकर्ताहरूले १ करोड ६६ लाख ७० हजार ९ सय ९० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये ८ हजार २ सय ६ जनाको आवेदन रद्ध भएको थियाे । बाँकी रहेका १४ लाख ६५ हजार ७ सय ६३ जना योग्य आवेदकलाई बाँडफाँडमा समावेश गराइएकाे थियाे ।

मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाद्वारा बाँडफाँड गरिएकाे थियाे । गाेलाप्रथाद्वारा बाँडफाँड गर्दा ८९ हजार ६ सय ४० जना लगानीकर्ताले १० कित्ता सेयर प्राप्त गरेका छन् । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको