Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १० कित्ता कतिले पाए ?

अर्थ संसार

सोमबार, २३ माघ २०७९, १० : १८ मा प्रकाशित

सुपर मादी हाइड्रोपावरको आईपीओ बाँडफाँड, १० कित्ता कतिले पाए ?

सुपर मादी हाइड्रोपावर लिमिटेडको आईपीओ बाँडफाँड भएको छ। आज ( माघ २३ ) एक कार्यक्रमका बिच यस धितोपत्र बिक्री प्रबन्धक सानिमा क्यापिटलले आफ्नो कार्यालयमा आईपीओ बाँडफाँड गरेको हो ।

सानिमा क्यापिटलका अनुसार यस आईपीओमा १३ लाख ४ हजार २०८ आवेदकबाट कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि खरिद आवेदन दिएका थिए। तीमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट परेको १ करोड ४४ लाख ४६ हजार ५६० कित्ता सेयरको प्रकृया अनुसार नै छ भने  बाँकी ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर आवेदन बदर भएको छ। 

ममाथिका आरोप निराधार र कपोकल्पित : बोर्ड अध्यक्ष हमाल (वक्तव्यकाे पूर्णपाठसहित)

 गोलाप्रथाबाट गरिएको यस कम्पनीको आईपीओको बाँडफाँडमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका छन्। ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको छ। 

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि जारी गरेको थियो । सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्काशन गरिसकेको छ भने ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरिसकेको छ। त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको छ। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएर जारी गरेको थियाे  । 

नतिजा धितोपत्र बिक्री प्रबन्धक, धितोपत्र निष्कासन गर्ने कम्पनी र सीडीएससीको iporesult.cdsc.com.np मा गएर हेर्न सकिनेछ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको