Like us!
Follow us!
Connect us!
Watch us!

सेबोन अध्यक्ष हमालको प्रेस मिट भिडियोमा हेर्नुहोस :गल्ती भेट्टाए टुँडिखेलमा लगेर झुण्ड्याउनु होला

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, ०९ : ०७ मा प्रकाशित

नियामक निकाय नेपाल धिताेपत्र बाेर्डका अध्यक्ष रमेश कुमार हमालले आफूले कुनै गल्ती गरेको प्रमाणित भए टुँडिखेलमा लगेर झुण्ड्याउन अनुराेध गरेका छन् । सेबाेनद्वारा आज आयोजित अन्तर्क्रिया कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले आफूले नेपाल बाहेक अन्य कुनै देशको नागरिकता वा राहदानी नलिएकाे प्रष्ट पारेका छन् । उनले भने, "मैले म माथि चरित्र हत्या गर्न खोजिएको भन्ने कुरा त प्रेस वक्तव्यबाटै बताइसकेको छु । मेरो मान्यता के हो भने चाहे त्यो नागरिकता सबाल होस् वा कुनै अनियमितताको कुरा होस् । कानुन विपरित मैले केही काम गरेकाे छैन । म अहिले ५५ वर्ष पुरा भएर ५६ वर्षमा हिँडिरहेको छु । यो अवधिमा मेरा एउटा कुनै गल्ती भेटाएमा मलाई  टुँडिखेलमा लगेर झुण्ड्याउनु होला ।"

उनले आजै मात्र पछिल्लाे समय विभिन्न सञ्चार माध्यमहरूमा प्रकाशन भएका समाचारहरूकाे स्पष्टिकरण दिँदै एक प्रेस वक्तव्य सार्ववजनिक गरेका थिए । उनले आफूमाथिका आरोप निराधार र कपोकल्पित भएकाे बताएका छन् । आफ्नाे व्यक्तिगत चरित्रहत्या गर्ने उद्धेश्यले प्रायोजित रुपमा समाचार प्रकाशन भएकाे उनले बताएका छन् । 

ममाथिका आरोप निराधार र कपोकल्पित : बोर्ड अध्यक्ष हमाल (वक्तव्यकाे पूर्णपाठसहित)

उनले भनेका छन्," विगतदेखि निहित स्वार्थ समुहको ईच्छाबिपरित साहसिक रुपमा ठोस पहलकदमीबाट तिल्मिलाएकाहरुबाट सम्प्रेषित समाचारहरु स्वत खण्डनीय नै छन् ।" निश्चित स्वर्थसमुहको लाभका लागी मनोगढन्ते समाचार सम्प्रेषण गर्नु भन्दा लगानीकर्ताको हितमा हुनुपर्ने सुधारका कार्यमा सकारात्मक सुझाव सहित सहयोगको अपेक्षा राखेका छन् ।

हेर्न यहाँ क्लिक गर्नुहोस 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको