Like us!
Follow us!
Connect us!
Watch us!

सुपरमाई हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

अर्थ संसार

मंगलबार, २४ माघ २०७९, १७ : ३३ मा प्रकाशित

सुपरमाई हाइड्रोको आईपीओमा कति पर्याे आवेदन ? यस्ताे छ पछिल्लाे अपडेट

सुपरमाई हाइड्रोपावर कम्पनी लिमिटेडले हिजाे माघ २३ गतेदेखि लागि साधारण सेयर (आईपीओ) निष्कासन गरेकाे छ । 

सीडीएसका अनुसार कम्पनीकाे आईपीओमा मंगलबार बेलुका ५ बजेसम्म ७ लाख २३ हजार ९ सय २६ जना लगानीकर्ताहरूले ८१ लाख ६३ हजार ८ सय ३० कित्ताका लागि आवेदन दिएका छन् । याे सर्वसाधारणका लागि माग गरिएकाे भन्दा धेरै आवेदन हाे ।

कम्पनीले आफ्नो जारी पूँजी ५० करोड रुपैयाँको १० प्रतिशतले हुन आउने ५ करोड रुपैयाँ बराबरको ५ लाख कित्तामध्ये १० प्रतिशत अर्थात ५० हजार कित्ता वैदेशिक रोजगारीमा रहेको नेपालीहरुलाई, २५ हजार कित्ता सामूहिक लगानी कोषहरुलाई बाँडफाँट गरी २ प्रतिशत अर्थात १० हजार कित्ता सेयर कम्पनीमा कार्यरत कर्मचारीहरुका लागि सुरक्षित गरी बाँकी रहने ४ लाख १५ हजार कित्ता साधारण शेयर सर्वसाधारणका लागि निष्कासन गरेकाे हो।

यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम २० हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २६ गते गतेसम्म ढीलोमा फागुन ८ गतेसम्म आवेदन दिन सक्नेछन् । 

त्यसैगरी, कम्पनीकाे आईपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटल रहेको छ।  लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण आस्वा सदस्य बैंक तथा वित्तीय संस्थाहरु र तिनका तोकिएका शाखा कार्यालयहरुबाट आवेदन दिन सक्नेछन् । यसका साथै मेरो सेयरबाट पनि आवेदन दिन सकिनेछ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको