Like us!
Follow us!
Connect us!
Watch us!

सुपर मादी हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

अर्थ संसार

बुधबार, २५ माघ २०७९, ११ : ३६ मा प्रकाशित

सुपर मादी हाइड्रोको आईपीओले कति पाउला ओपनिङ्ग रेञ्ज ?

सुपर मादी हाइड्रोपावर लिमिटेडले माघ ९ गते, साेमबारदेखि माघ १२ गते, बिहीबारसम्म सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड (माघ २३ गते, साेमबार) नै सम्पन्न भइसकेकाे छ । 

कम्पनीकाे आईपीओ बाँडफाँड भएपछि आईपीओ पर्ने लगानीकर्ताहरूलाई कम्पनीकाे आईपीओले कति ओपनिङ्ग रेञ्ज पाउला भन्ने चासाेकाे विषय बनेकाे छ । त्यसैले यहाँ हामी साेही विषयमा कुरा गर्नेछाैँ ।

नेप्सेले कम्पनीकाे पहिलो कारोबारका लागि प्रति सेयर न्युनतम ९९ रूपैयाँ ८० पैसादेखि अधिकतम २ सय ९९ रुपैयाँ ४ पैसा ओपनिङ रेञ्ज (Open Price Range) निर्धारण गर्ने सम्भावना रहेकाे छ । नेप्सेले हरेक कम्पनीकाे पहिलो कारोबारको लागि नेटवर्थको तीन गुणासम्म ओपनिङ रेञ्ज ताेक्ने गर्दछ ।

 

कम्पनीकाे आर्थिक वर्ष २०७७/७८ को प्रतिसेयर नेटवर्थ ९९ रूपैयाँ ८० पैसा रहेको छ । साेही नेटवर्थकाे ३ गुणा २ सय ९९ रुपैयाँ ४ पैसा हुन्छ ।

कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  २१ करोड रुपैयाँ बराबरको २१ लाख कित्ता सेयर सर्वसाधारणका लागि छुट्याएको थियो। सोमध्ये १० प्रतिशत अर्थात २ लाख १० हजार कित्ता वैदेशिक रोजगारीमा रहेका नेपालीहरुका लागि निष्कासन गरी ५ प्रतिशत अर्थात १ लाख ५ हजार कित्ता सामूहिक लगानी कोषहरुमा बाँडफाँड गरेकाे थियाे । त्यसैगरी, २ प्रतिशतले हुन आउने ४२ हजार कित्ता कित्ता कर्मचारीहरुका लागि छुट्याइएको थियाे। सर्वसाधारणले बाँकी १७ लाख ४३ हजार कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियाे  । 

मागभन्दा धेरै आवेदन परेको हुनाले कम्पनीको आईपीओ गोलाप्रथाबाट बाँडफाँड गरिएको थियो । गोलाप्रथाबाट गरिएको यस कम्पनीको आईपीओको बाँडफाँडमा १ लाख ७४ हजार ३०० जनाले १० कित्ताका दरले सेयर पाएका थिए । ११ लाख २४ हजार ३९३ आवेदकको हात खाली भएको थियाे । 

कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्म १३ लाख ४ हजार २०८ लगानीकर्ताहरूले कुल १ करोड ४५ लाख २७ हजार ६३० कित्ताका लागि आवेदन दिएका थिए । जसमध्ये १२ लाख ९८ हजार ६९३ आवेदकबाट परेको १ करोड ४४ लाख ४६ हजार ५६० कित्ता सेयरको प्रकृया अनुसार नै रहेकाे थियाे भने बाँकी ४ हजार ५१५ आवेदकबाट परेको ८१ हजार ७० कित्ता सेयर आवेदन बदर भएको थियाे ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको