Like us!
Follow us!
Connect us!
Watch us!

५० प्रतिशत लाभांश पारित गर्न महिला लघुवित्तले डाक्याे एजीएम, बुकक्लाेज कहिले ?

अर्थ संसार

आइतबार, २२ माघ २०७९, ११ : ४७ मा प्रकाशित

५० प्रतिशत लाभांश पारित गर्न महिला लघुवित्तले डाक्याे एजीएम, बुकक्लाेज कहिले ?

महिला लघुवित्त वित्तीय संस्था लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । संस्थाकाे माघ २० गते, शुक्रबार बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार संस्थाकाे पाचाैँ वार्षिक साधारण सभा फागुन २१ गते, आइतबार आगन्तुक रिसाेर्ट भ्युटार मार्ग, धुलिखेल, काभ्रेमा बिहान ११ बजेदेखि सुरू हुनेछ । 

सभामा संस्थाको सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट संस्थाका शेयरधनीहरूलाई चुक्ता पूँजीको ४७.५ प्रतिशत बोनस सेयर र कर प्रयाेजनका लागि २.५ प्रतिशत नगद गरी कुल ५० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरिनेछ ।

सभामा सञ्चालक समितिको तर्फबाट अध्यक्षले पेश गर्ने आर्थिक वर्ष २०७८/७९ को प्रतिवेदन उपर छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदन सहित २०७८ आषाढ मसान्तसम्मको वासलात तथा आर्थिक वर्ष २०७८/७९ को नाफा नोक्सान हिसाब र नगद प्रवाह विवरण सहितका अनुसूचीहरु उपर छलफल गरी पारित गर्ने, आर्थिक वर्ष २०७९/८० को लेखापरीक्षण समितिको सिफारिस बमोजिम बाह्य लेखापरीक्षक नियुक्ति गर्ने र निजको पारिश्रमिक तथा सुविधाको निर्धारण गर्ने प्रस्ताव पारित गरिनेछ ।

त्यसैगरी, संस्थाले साधारण सभा तथा लाभांश वितरण प्रयोजनको लागि फागुन ५ गते एकदिन बुकक्लोज गर्ने निर्णय गरेको छ । त्यसैले, फागुन ४ गतेसम्म नेप्सेमा काराेबार भई कायम भएका शेयरधनीले मात्र सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् । 

संस्थाले प्रकाशन गरेकाे सूचना यस प्रकारकाे छ :

 

63df4923e3eae.jpg 63df492a05d6f.jpg 63df4931b4a3d.jpg 63df4939d9713.jpg

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको