Like us!
Follow us!
Connect us!
Watch us!

चिकित्सक संघद्वारा आन्दोलन फिर्ता

अर्थ संसार

आइतबार, २९ माघ २०७९, ११ : ५७ मा प्रकाशित

चिकित्सक संघद्वारा आन्दोलन फिर्ता

नेपाल चिकित्सक संघले आन्दोलन फिर्ता लिएको छ । आज (आइतबार) प्रधानमन्त्रीको कार्यालयमा सरकारका पदाधिकारीसँग भएको वार्ताबाट चिकित्सक संघ आन्दोलन फिर्ता लिएर अस्पतालको सेवा सुचारु गर्न सहमत भएको हो ।

वार्तामा चिकित्सक संघबाट डा. लोचन कार्की, डा.बद्री रिजाल, डा. रुद्र मरासिनीलगायतका प्रतिनिधिहरु सहभागी थिए भने सरकारका तर्फबाट प्रधानमन्त्री कार्यालयका सचिव गणेश पाण्डे र स्वास्थ्य मन्त्रालयका पदाधिकारीहरु सहभागी रहेका थिए । 

गत शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीका क्रममा प्रहरीले चिकित्सकलाई लाठी चार्ज गरेको विरोधमा चिकित्सक संघले देशभरका अस्पतालमा आपतकालीन सेवा बाहेकका सेवा बन्द गराउने निर्णय गरेका थिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको