Like us!
Follow us!
Connect us!
Watch us!

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्दै

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १२ : १६ मा प्रकाशित

ग्लोबल आइएमई बैंकले ऋणपत्र निष्कासन गर्दै

ग्लोबल आइएमई बैंकले आज (माघ २९ गते)देखि ५ अर्ब रुपैयाँ बराबरको ऋणपत्र निष्कासन गर्ने भएको छ । बैंकले वार्षिक ११.२५ प्रतिशत ब्याजदरमा ५ वर्ष अवधिको ‘ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निष्काशन गर्न लागेको हो।

बैंकले प्रतिऋणपत्र एक हजार अंकित दरका ५ अर्ब रुपैयाँ बराबरको ५० लाख कित्ता ऋणपत्र निष्काशन गर्न लागेको हो। सोमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता व्यक्तिगत तवरबाट बिक्री गरिनेछ भने बाँकी ४० प्रतिशत अर्थात २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता सर्वसाधारणमा बिक्री गरिनेछ। सर्वसाधारणले बाँकी रहेको २० लाख कित्तामध्ये सामूहिक लगानी कोषलाई बाँडफाँट गरी बाँकी रहेको ३० हजार कित्तासहित १९ लाख ३० हजार कित्ताका लागि आवेदन दिन सक्नेछन्।

सो ऋणपत्रमा लगानीकर्ताले न्यूनतम २५ कित्ताका लागि आवेदन दिनुपर्नेछ भने अधिकतममा १० लाख कित्ताका लागि आवेदन दिन सक्नेछन्। निष्काशन बन्द छिटोमा फागुन ३ गते हुनेछ भने ढिलोमा फागुन १४ गते हुनेछ। बैंकको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक सनराइज क्यापिटल लिमिटेड रहेको छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको