Like us!
Follow us!
Connect us!
Watch us!

ईसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १६ : ०४ मा प्रकाशित

ईसेवा मनि ट्रान्स्फरका सीईओ कोइराला म्यानेजर अफ दि इयर २०२२ बाट सम्मानित

व्यवस्थापनकर्मीहरूको संस्था नेपाल व्यवस्थापन संघले ईसेवा मनि ट्रान्स्फरका प्रमुख कार्यकारी अधिकृत (सीईओ) अजेश कोइरालालाई म्यानेजर अफ दि इयर २०२२ बाट सम्मान गरेको छ ।

नेपालको व्यवस्थापन क्षेत्रमा पुर्‍याएको योगदान र अनुकरणीय नेतृत्व कुशलताको कदर गर्दै संस्थाले कोइरालालाई उक्त सम्मान गरेको हो ।

काठमाडौंको होटल एभरेष्टमा शनिबार भएको एक समारोहमा उनी सम्मानित भएका हुन् । ईसेवा मनि ट्रान्स्फरलाई छनोट गरी पुरस्कृत गरेकोमा म्यानलाई कोइरालाले धन्यवाद दिए । कम्पनीका सञ्चालक, कर्मचारी, एफवान सफ्ट ग्रुप र विदेशमा रहेका नेपालीहरुको माया र सद्भावले नै आफूहरू यस स्थानमा आइपुगेको उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको