Like us!
Follow us!
Connect us!
Watch us!

नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १७ : ३५ मा प्रकाशित

नाडाको ४६ औं वार्षिक साधारण सभा सम्पन्न

नाडाका अध्यक्ष धु्रव थापाको सभापतित्वमा मिति २०७९ माघ २७ गते नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपालको ४६ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । माननीय उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलको प्रमुख आतिथ्यतामा सो साधारण सभा काठमाण्डौमा सम्पन्न भएको हो । 

सो साधारण सभाका प्रमुख अतिथि पौडेलले अटोमोबाइल सबैको लागि आवश्यक बन्दै गएको बताएका छन । उक्त साधारण सभामा नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष शेखर गोल्छा, नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष राजेन्द्र मल्ल नेपाल उद्योग परिसंघका कार्यवाहक अध्यक्ष राजेशकुमार अग्रवाल, र नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष तथा बस्तुगत परिषदका सभापति अञ्जन श्रेष्ठ लगायतले आ आफना धारणा राखेका थिए । 

नाडाका अध्यक्ष थापाले सरकारले अटोमोबाइलका साधनहरुलाई विलासिताको वस्तु मात्रै मान्दै आएको भन्ने भनाईको जवाफ दिँदै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले अहिले यातायातको लागि सवारी साधन सबैको लागि आवश्यक बन्दै गएको बताएका छन । आर्थिक समृद्धिको लागि अटोमोबाइल क्षेत्रको भूमिका अत्यन्त महत्वपूर्ण हुने र यस क्षेत्रमा व्यवसायीहरुबाट हुँदै आएको प्रयाश ठूलो उपलब्धिमूलक भएको भन्दै उपप्रधान मन्त्री पौडेलले व्यवसायीहरुको प्रशंसा समेत गरे । उनले विद्युतीय सवारीको उपभोग बढाउनुपर्ने र यसका लागि धेरै ठाउँमा चार्जिङ स्टेसन सञ्चालनमा ल्याईने बताए । स्तरीय प्रदर्शनीस्थल नभएको भन्ने थापाको प्रश्नको जवाफ दिँदै उनले एउटा अन्तर्राष्ट्रिय स्तरको प्रदर्शनीस्थल निर्माण सम्पन्न हुने अन्तिम चरणमा रहेको समेत स्मरण गराउदै काठमाण्डौमा पनि त्यस्तो प्रदर्शनीस्थल निमार्णका लागि प्रयाश गरिने बताउनु भयो ।

सभामा बोल्दै उपप्रधान मन्त्री पौडेलले अहिले सवारी साधनहरु विलासिताका बस्तु नभई आवश्यकताको बस्तु भएको स्पष्ट रुपमा औंल््याउदै कुनै समय मोबाइल फोनलाई पनि विलासिताको  बस्तु मानिएको उदाहरण दिँदै अहिले मोबाइल सबैैको अनिवार्य बने जसरी समयक्रम अनुसार एक पटकको विलासी वस्तु सधैंको विलासी नहुने धारणा व्यक्त गरे । यसैक्रममा उनले सवारी साधनलाई विलासी भनिने गरेकोमा आफूहरुको गम्भीर ध्यानाकर्षण भएको समेत बताएका छन । उनले दु्रत गतिमा विद्युतिय सवारीको उपयोग बढ्नुपर्ने आवश्यकता औंल्याउँदै यसो हुन सकेको खण्डमा इन्धनको लागि विदेशिने ठूलो परिमाणको विदेशी मुद्रा नेपालमा नै रोक्न सकिने समेत बताए । आफूहरु व्यवसायीका सुझाव सम्बोधन गर्न प्रयासरत रहने समेत पौडेले बताएका छन ।

सो साधारण सभालाई स्वागत गर्दे नाडाका अध्यक्ष ध्रुव थापाले अटोमोबाइल व्यवसाय अहिले ईतिहासकै कमजोर अवस्थामा रहेको र स्थिति अझै सुधार हुन नसकेको बताएका छन । यस्तो स्थिति सृजना हुनुमा विभिन्न कारणहरु जिम्मेवार रहेको उनको धारणा छ । थापाले सरकारको बुझाईमा अझै पनि अटोमोबाइल क्षेत्र विलासिताको क्षेत्र हुने गरेकोे भए पनि पछिल्ला बर्षहरुमा नेपालमा नै सवारी साधनहरुको एसेम्बलिङ उद्योग खोल्ने कार्यको समेत शुरुवात भईसकेको, ब्याट्री र टायरत्यूव लगायतका सामानहरु नेपाल मै उत्पादन भईरहेको बताउदै अटोमोवाइल स्पेयर पार्टस र एसेसरिजहरु उत्पादनको राम्रो सम्भावना रहेको स्मरण गराए । राज्यले दीर्घकालीन नीति ल्याउन सकेको खण्डमा छिमेकी ठूला मुलुकहरु भारत र चीनमा हाम्रो लागि उत्पादित सामान वजारीकरणको लागि नयाँ बजार बन्न सक्ने उल्लेख गर्दै यस क्षेत्रबाट ठूलो मात्रामा राजस्व र रोजगारी पनि सिर्जना गर्न सकिने बताउनु भयो । 

अध्यक्ष थापाका अनुसार अहिले अटोमोबाइल क्षेत्रमा झण्डै १ खर्ब बढी लगानी भइसकेको छ भने पारदर्शी रुपमा कर तिर्ने व्यवसाय पनि अटोमोवाइल नै रहेको बताए । अध्यक्ष थापाले नेपालमा औद्योगिक विकास र समृद्धिको लागि समेत यातायातको भुमिका महत्वपूर्ण हुने बताएका छन । कृषि, पर्यटन, जलविद्युत लगायतका प्राथमिकता प्राप्त क्षेत्रको विकासका लागि पनि यातायात क्षेत्रको गुणात्मक विकास अपरिहार्य रहने थापाको बुझाई छ । थापाले भारत लगायतका ठूला मुलुकको बाह्य लगानी ल्याउनको लागि व्यवस्थित सेज स्थापनाको माग समेत गरेका छन ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको