नेपाली सेनाले विभिन्न पदमा कर्मचारीका लागि विज्ञापन आह्वान गरेको छ। सेनाले आज शुक्रबार एक सूचना प्रकाशित गर्दै रिक्त रहेका पदहरुमा ६२१ जना कर्मचारी माग गरेको हो ।
नेपाली सेनाले प्राविधिक हवाई, विविध सेवा तर्फका रिक्त रहेका विभिन्न पदमा ६२१ नयाँ भर्ना गर्न दरखास्त आह्वान गरेको छ । खुला तथा समावेशी प्रतियोगिताबाट पुजारीदेखि एमबीबीएस डाक्टरसम्म पदपूर्ति गर्न सेनाले दरखास्त खुलाएको छ ।
इच्छुक उम्मेदवारले आज चैत २४ गतेदेखि वैशाख २३ गतेसम्म दरखास्त दिन सक्नेछन् । दरखास्त फारम भरी नेपाली सेनाको केन्द्रीय भर्ना छनौट केन्द्र स्वयम्भूमा बुझाउनुपर्नेछ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस