Like us!
Follow us!
Connect us!
Watch us!
नेपालीहरु पूर्ण रुपमा डिजिटल प्रणाली प्रयोग गर्न सक्षम नरहेको भनाइ

नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको आरजु राणा देउवाको भनाइ

अर्थ संसार

मंगलबार, १६ फागुन २०७९, १४ : २१ मा प्रकाशित

नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको आरजु राणा देउवाको भनाइ

नेपाली काँग्रेसकी सांसद एवं नेतृ आरजु राणा देउवाले नेपाली सेनाको डिजिटल अभिलेखमा छिद्र रहेको खबर आफूले पाएको बताएकी छिन् ।

आज (मंगलवार) ललितपुरमा नेपाल विद्यार्थी संघद्वारा आयोजित अल नेपाल ह्याकथन कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपालमा डिजिटल प्रणाली शुरुवात गरे पनि त्यो सुरक्षित नरहेको बताएकी हुन् ।

नेपालीहरु पूर्ण रुपमा डिजिटल प्रणाली प्रयोग गर्न सक्षम नरहेको उनको भनाइ छ । नेपाली सेनाको डेटाहरु टर्की पुग्ने गरेको जानकारी आफूले पाएको भन्दै उनले साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको बताइन् ।

‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौं, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो,’ सांसद राणाले भनिन्, ‘जर्साबहरुको सबै इमेल देखाइदियो मलाई । पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनैपनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ । त्यसैले हामीले साइबर सेक्युरेटीलाई पनि कसरी हेर्ने ? रिसेन्ट्ली सरकारकै वेबसाइट ह्याक पनि भयो । साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्छ । सरकारले केही न केही गरेको छ, तर विद्यार्थीहरुले यसमा अनुसन्धान गर्नुपर्छ ।’

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Whatsapp Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको