Like us!
Follow us!
Connect us!
Watch us!

हिमाल सरसफाई अभियान २०२३ मा कोका–कोलाको साथ

अर्थ संसार

शुक्रबार, २४ चैत्र २०७९, १० : ४२ मा प्रकाशित

हिमाल सरसफाई अभियान २०२३ मा कोका–कोलाको साथ

नेपाली सेनाको नेतृत्वमा “हिमाल बचाउने प्रयास” नारा सहित आयोजना भइरहेको चौँथो हिमाल सरसफाई अभियानमा कोका–कोला फाउन्डेसनले यो वर्ष पनि सहकार्य गरेको छ । अन्य थुप्रै सरोकारवाला निकायहरुको पनि सहभागिता रहेको यस अभियानमा दि कोका–कोला फाउन्डेसन अहिलेसम्मको प्रमुख सबै भन्दा ठुलो डोनर रहेको छ ।

यो अभियान अहिलेसम्मको विश्वकै सबैभन्दा ठूलो हिमाल सरसफाई अभियान हो । पर्वतारोहीहरुले छोडेको फोहोर र हिमालमा जम्मा भएको वातावरणीय प्रदुषणलाई सफा गरेर हिमालको पवित्रता जोगाउने यो अभियानको उद्धेश्य हो । सगरमाथा, ल्होत्से, अन्नपूर्ण र बरुण हिमाल गरी ८,००० मिटर भन्दा अग्ला हिमालहरु सरसफाई गर्ने यो कार्यक्रममा कोका–कोला सहित थुप्रै सरोकारवाला निकायहरु पनि सहभागि रहेका छन् । चैत्र १४ देखी जेठ २२ सम्म सञ्चालन हुने यो अभियानमा करिब ३५ टन फोहोर संकलन हुने अनुमान गरिएको छ । संकलन भएका सबै फोहोरहरु उचित व्यवस्थापनको लागि रि–साइक्लिङ पार्ट्नरहरुलाई हस्तान्तरण गरिनेछ ।

हिमाल सरसफाई अभियान २०२३ का क्याम्पेन डिरेक्टरले भने, “हिमालहरु हाम्रा राष्ट्रको गौरव हुन्, र स्थानीय समुदाय र भावी पुस्ताका लागि तिनीहरूलाई सफा राख्ने र संरक्षण गर्नु हाम्रो दायित्व हो । हामी यी हिमालहरुमा बढ्दै गरहेको फोहोरको बारेमा जनचेतना जगाउनको लागि हामीले स्थानीय समुदाय र अन्य सरोकारवाला निकायहरुसँग मिलेर काम गरिरहेका छौँ । यसमा कोका–कोला फाउन्डेसन र अन्य सम्पूर्ण सरोकारवाला निकायहरुबाट प्राप्त निरन्तर साथ र सहयोगको लागि हामी आभारी छौँ ।”

प्रतिकुल मौसम र हाइ अल्टिच्युडमा कठिन काम गर्नुपर्ने हुनाले यो अभियानमा संलग्न हुने टोलीलाई विगत केही महिनादेखि विशेष तालिम प्रदान गरिएको छ । टोलीमा आरोही, डाक्टर र शेर्पाहरू छन् । प्रत्येक टोलीको नेतृत्व एक क्याम्पेन लिडरले गरेका छन्, जसलाई नेपाली सेनाका दुई बेस क्याम्प म्यानेजर र २ डेप्युटी डिरेक्टरहरु समावेश छन् । त्यसैगरी फोहोर सङ्कलन, लोडिङ र अन्य सहयोगको लागि ४५ शेर्पाहरु पनि रहेका छन् । त्यस्तै सन्चालन, समन्वय र रियर अपरेसनको लागि अन्य २० जना कर्मचारीहरु रहेका छन् । 

नेपाली सेनाको नेतृत्वमा सञ्चालन भईरहेको यो अभियान विभिन्न गैर नाफा–मुलक संस्थाहरु, कर्पोरेट हाउसहरु, नागरिक समाज र रिसाइक्लिङ्ग पार्ट्नरहरुको संयुक्त प्रयास रहेको छ ।कोका–कोला फाउन्डेसनका अध्यक्ष साडिया माड्सब्जर्गले भने,“पहाडी इकोसिस्टमले बाढीलाई नियन्त्रण गर्नुको साथै सफा पानी र हावा प्रदान गरी मानव जीवनलाई अत्यावश्यक सेवाहरू प्रदान गर्दछ । जलवायु परिवर्तन विशेष गरी पहाडहरूमा तीव्र छ र हामीले तिनीहरूलाई बचाउन काम गर्नुपर्छ । कोका–कोला फाउन्डेसनको सहयोगले आशा छ कि यस्ता पहलहरूले नेपाल र विश्वभरमा अझ बढी जलवायु कार्य सञ्चालन गर्न मद्दत गर्नेछ । हामीले नेपाली सेनालाई साथ दिन पाउँदा खुसी छौं र संलग्न सम्पूर्णमा सफलताको लागि शुभकामना दिन चाहन्छौँ ।”

नेपाली सेनाको नेतृत्वमा विभिन्न सरोकारवालाहरूसँगको सहकार्यमा सन् २०१९मा पहिलो पटक आयोजना गरिएको यस हिमाल सरसफाई अभियानमा १०,५८६ किलो फोहोर सङ्कलन भएको थियो । सोही प्रयासलाई निरन्तरता दिँदै २०२१ मा पनि अभियानको दोस्रो संस्करण सञ्चालन गरिएको थियो जसमा ६ वटा हिमालबाट २७, ६७१ किलो फोहोर निकालिएको थियो । अभियानको तेस्रो संस्करण २०२२ मा भएको थियो जहाँ चारवटा हिमालबाट ३३,८७७ केजी फोहोर (७,२२७ केजी बायोडिग्रेडेबल र २६,६५० केजी नन–बायोडिग्रेडेबल) संकलन गरिएको थियो । सगरमाथा, ल्होत्से हिमाल, मनास्लु हिमाल र कञ्चनजङ्घा हिमालबाट संकलन भएका यस्ता फोहोरहरुमा अक्सिजन क्यानिस्टर, टेन्ट, खानेकुराका कन्टेनरहरु, प्लास्टिक र इलेक्ट्रोनिक फोहोर आदि पर्दछन् ।

यस अभियानको बारेमा विस्तृत जानकारी लिनको लागि कोका–कोला नेपाल र नेपाली सेनाको आधिकारिक सामाजिक सञ्जाल ह्यान्डलहरू फलो गर्न सकिन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको