Like us!
Follow us!
Connect us!
Watch us!

नेपाली सेनाले माग्यो एकैपटक साढे चार हजार जनशक्ति (सूचनासहित)

अर्थ संसार

शुक्रबार, ०८ बैशाख २०८०, १३ : २० मा प्रकाशित

नेपाली सेनाले माग्यो एकैपटक साढे चार हजार जनशक्ति (सूचनासहित)

नेपाली सेनाले सैन्य पदका लागि एकैपटक साढे चार हजार जनाको आवेदन माग गरेको छ । आज (शुक्रबार) सार्वजनिक सूचना प्रकाशन गरी सेनाले उक्त संख्यामा जनशक्ति माग गरेको हो ।

खुलातर्फ दुई हजार ३५१, सैन्य परिवारलाई २२५, महिला ३९०, आदिवासी जनजाति ६१७, मधेशी ५४०, दलित २८७ र पिछडिएको क्षेत्रबाट ९० संख्या माग गरिएको छ ।

काठमाडौं, सुर्खेत, कास्की र बुटवलमा मा ३५०/३५० माग गरिएको छ भने सुनसरीमा ३०० र बाँकेमा २५० जना माग गरिएको छ । १८ वर्ष पूरा भई २२ वर्ष ननाघेकाले मात्र फारम भर्न पाउने छन् ।

फाराम भर्ने अन्तिम मिति १४ जेठसम्म तोकिएको छ । इच्छुकले अनलाइनमार्फत फारम भर्न सक्ने छनोट निर्देशनालय, कार्य रथी विभाग जङ्गी अड्डाले जनाएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको